सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ | Khabarhub Khabarhub

सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ४७ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।