जहाँ महिलाको ‘लामो कपाल’ हेर्नकै लागि जान्छन् ८० हजार पर्यटक ! (फोटो फिचर) « Khabarhub

जहाँ महिलाको ‘लामो कपाल’ हेर्नकै लागि जान्छन् ८० हजार पर्यटक ! (फोटो फिचर)


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा विचित्रका घटना घटेका हामीले सुन्दै र देख्दै आएका छौं । मानिसहरुले आफ्नो गाउँ ठाउँको विकासका लागि अने तौर तरिका अपनाएको समेत पाइन्छ ।

चीनको एक गाउँमा पर्यटक भित्र्याउनका लागि त्यहाँका महिलाहरुले औसतभन्दा लामो कपाल पाल्ने गरेका छन् ।

चीनको आंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँका रुपमा समेत परिचित बनेको छ । उक्त गाउँका अधिकांश महिलाहरु लामो कपाल पाल्छन् । उनीहरुको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म हुने जनाइएको छ।

महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेको बताइन्छ ।

यी महिलाहरुलाई ‘रेड याओ’ पनि भन्ने गरिन्छ । यहाँका महिलाहरुले प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित समेत हुन्छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँका नाममा गिनिज बुकमा रेकर्ड दर्ज गराइसकेको छ ।

सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो ।

कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन पर्यटक भित्र्याउने गतिलो माध्यम समेत बनेको छ । अहिले उक्त गाउँमा महिलाको लामो कपाल हेर्नकै लागि विभन्न देशबाट पर्यटकहरु जाने गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : २५ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,