साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप « Khabarhub

साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ ।

गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ ।

यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ ।

पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्छन् । सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए ।

यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन् । डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भयो । जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके ।

साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्राइम रोक्नका लागि बनेको नयाँ कानून अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन् । यसलाई अपराधको श्रेणीमा राखिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०५ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय