लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन « Khabarhub

लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली एकता समाज भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लदाखका विषयमा चालेको कदम प्रसंशायोग्य भएको जनाएको छ ।

लामो समयदेखि आजादीको माग गरिरहेका लदाखी जनताको माग पूरा गर्न वर्तमान सरकारले भारतीय संविधानको धारा ३७० खारेज गर्दै लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा एकता समाजले धन्यवाद ज्ञापन गरेको हो ।

नेपाली एकता समाज भारतले विज्ञप्ति जारी गर्दै धेरै वर्षदेखि जम्मु कश्मिरको अधिनमा रहको लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘लदाख जम्मु–कश्मिरको अधिनमा रहँदा आर्थिक र सामाजिक दुबै पक्षको समस्यो थियो र धेरै वर्षदेखि लदाखले आजादीको माग गरिरहेको थियो । कुनै पनि सरकारले त्यो माग पूरा गर्न सकेको थिएन । अहिले वर्तमान सरकारले मात्रै आफ्ना जनताको आवाजलाई सुनेको छ ।’

एकता समाजले लदाखका जनाताको खुशी नै त्यहाँ रहेका नेपालीहरुको पनि खुशी भएको विज्ञप्तिमार्फत जनाएको छ । वर्तमान सरकाले लदाखी जनतालाई माया गरेझैंँ आफूहरुको शान्ति र सुरक्षाका लागि पनि उचित व्यवस्था गर्ने विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ३५ बजे

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ

एमाले कार्यदल बैठक : पार्टी बलियो बनाउन असार १९ सम्म देशभर सुझाव संकलन गरिने

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

काबुल- विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी

सरकारले निकाल्यो बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची

काठमाडौं- सरकारले बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची सार्वजनिक गरेको