नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने « Khabarhub

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ ।

मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी क्षेत्रको हालको अवस्था र गुरुयोजनाको आवश्यकताबारे छलफल भएको छ ।

छलफलअघि नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन भ्रमण समेत गरेका थिए । छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सोही मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको पनि सहभागिता थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा गुरुयोजना बनाइन लागेको हो । हाल केशर महलको प्रवलीकरण भइरहेको छ । त्यसैगरी नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पनि पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : ०२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको