पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ « Khabarhub

पूर्वमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा गुरुङ पक्राउ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बिस्फोट गराएको आशंकामा एक जना पक्राउ परेका छन् ।

बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट देव गुरुङ पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका गुरुङमाथि प्रारम्भिक बयान लिने काम जारी रहेको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको घर नजिक आज बिहान विष्फोट भएको थियो । विष्फोट भएको स्थान नजिकै नेत्रविक्रम चन्द समूहको पर्चा फेला परेको थियो ।

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : १४ बजे

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना