प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लैजाने हल्ला मात्र : थापा « Khabarhub

प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लैजाने हल्ला मात्र : थापा


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहेपनि उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने बताएकी थिइन् ।

उनले प्रधानमन्त्रीका परिवारले नै केही दिन अस्पतालमा राख्न आग्रह गरेकाले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरीएको बताएकी थिइन् । तर, मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुर लागे तयारी भएको भन्ने समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री ओलीलाई थप उपचारको लागि सिंगापुर लैजाने कुरा गलत हल्ला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खबरहबसँग बताए । उनले भने, त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु ।

प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा थापाले भने, ‘उहाँको उपचार गर्ने चिकित्सकको निर्णय अनुसार प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिँदै छ । बजारको हल्ला हेरेर डिस्चार्ज गरिहाल्ने कुरा हुँदैन ।’

थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षित गतिमा सुधार भइरहेको छ ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्,’ उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : ४८ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको