दुबईमा आयो उड्ने बाइक, चलाउन लाइसेन्स नचाइने | Khabarhub Khabarhub

दुबईमा आयो उड्ने बाइक, चलाउन लाइसेन्स नचाइने


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दुबईमा उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । यसका लागि लाइसेन्सको समेत आवश्यकता पर्ने छैन ।

तर यो सुविधा तत्काललाई दुबई प्रहरीलाई मात्र हो । प्रहरीले निकट भविष्यमा उड्ने मोटरसाइकलबाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ।

क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण भइसकेको दुवई प्रहरीले जनाएको छ ।

यसअघि सन् २०१७ मा पनि दुबईमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।

एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ५२ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।