शिकारीले २ सेता जिराफ मारे, अब विश्वमा एउटा मात्रै रह्यो भाले सेतो जिराफ « Khabarhub

शिकारीले २ सेता जिराफ मारे, अब विश्वमा एउटा मात्रै रह्यो भाले सेतो जिराफ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरिसा (केन्या)- विश्वमा केबल ३ वटाको संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये शिकारीले दुई जिराफ मारिदिएका छन् ।

शिकारीले मारेका दुई सेता जिराफको कंकाल केन्याको गरिसा शहरनजिक फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनमध्ये अब एक भाले सेतो जिराफमात्र अस्तित्वमा छ ।

मारिएका जिराफहरु यसअघि तीन महिनाअघि मात्र देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको छ । जिराफ मार्नेहरुको पहिचान र उनीहरुको उद्देश्यबारे केही स्पष्ट नभइसकेको जनाइएको छ ।

सेतो प्रजातिका जिराफ केन्यामा मात्र पाइन्छन् । केन्याली अधिकारीले जिराफ मारिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सन् २०१७ मा जिराफका तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित भएका थिए ।

 

पछिल्ला केही वर्षयता विश्वभर जिराफको संख्या ह्वात्तै घटेको छ । ३० वर्षअघि विश्वभर जिराफको संख्या १ लाख ५५ हजार रहेकोमा अहिले विश्वभर जिराफहरु ९७ हजारको संख्यामा मात्र पाइन्छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : १२ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको