त्रिशूली–३ ‘बी’ मा शेयर भर्दै प्रधानमन्त्री ओलीले गरे ‘जनताको जलविद्युत कार्यक्रम’को शुभारम्भ « Khabarhub

त्रिशूली–३ ‘बी’ मा शेयर भर्दै प्रधानमन्त्री ओलीले गरे ‘जनताको जलविद्युत कार्यक्रम’को शुभारम्भ


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली–३ को शेयर खरिद गरि ‘जनताको जलविद्युत’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।

विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटमा निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाका लागि शेयर खरिद गरेका हुन् ।

शेयर भर्नका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई र नेपाल डिपी लिमिटेडमा डिम्याट खाता खोलेका थिए ।

उर्जामन्त्री वर्षमान पुनले पनि शेयर खरिद गरेका छन् । प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ता शेयर खरिद गरेका छन् ।  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते)  आवेदन दिन आह्वान गरिएको थियो ।

बिहीबारबाट निष्कासन गरेको शेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता शेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ ९३ लाख ७० हजार ५ सय कित्ता को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर ९१ लाख ११ हजार १ सय ५० कित्ता० कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ४० बजे

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री