मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि… « Khabarhub

मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि…


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी कहाँ १८ बर्ष उमेर पार गरेकाहरुले आफुले चाहेको उम्मेदारलाई मतदात गरी निर्वाचित गराउने अधिकार दिइएको छ ।

मतदान गर्न मतदाता परिचय पत्र आवश्यक हुन्छ । जसमा मतदाताको सम्पुर्ण विवरण उल्लेख हुन्छ । तर कुनै मतदाताको परिचय पत्रमा उसको तस्वीरको सट्टा कुकुरको फोटो आयो भने के होला ?

भारतका एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टामा कुकुरको तस्वीर अकिंत भएको छ ।

भारतको पश्चिम बंगाल प्रदेशको मुर्शीदाबादका निर्वाचन अधिकारीको लापरबाहिले एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टा कुकुरको तस्वीर अंकित भएको छ ।

मुर्शिदाबाद, रामनगरका निवासी सुनील कर्मकार भोटर आइडी कार्डमा कुकुरको तस्वीर अकिंत भएपछि उनको आक्रोशको सीमा नै रहेन ।

उनले यस्तो लापरबाही हुनुमा निर्वाचन अधिकारी दोषी भएकाले यसबाट आफ्नो अपमान भएको बताएका छन् ।

यस बिषयमा सुनीलले आक्रोशित हुदैं सरकारको समेत ध्यानाकर्षण गराएका छन् । उनले कुकुरको फोटो देखिदेखि आफ्नो परिचय पत्रमा हस्ताक्षर गरेकोमा अपमान भएको भन्दै अदालत जाने बताएका छन् ।

यस बिषयको जानकारी पाए लगत्तै निर्वाचय आयुक्तले यस घटनामा छानबिन गर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ३६ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,