होलीको सद्भाव समृद्ध नेपाल निर्माणको सहयोगी बनोस् : मुख्यमन्त्री राई « Khabarhub

होलीको सद्भाव समृद्ध नेपाल निर्माणको सहयोगी बनोस् : मुख्यमन्त्री राई


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्व (होली)ले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव कायम गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार होलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको बताएका छन्।

मुख्यमन्त्री राईले विविध चाडपर्व तथा संस्कृतिको संरक्षण गरेर समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व रहेको बताएका छन्।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा मोरङ जिल्ला कार्यसमितिले आज (बिहीबार)आयोजना गरेको होलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी मुख्यमन्त्री राईले आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने होली पर्वले सबैलाई प्रेरणा दिन सकोस भन्दै शुभकामना दिएका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईसहित पार्टीका नेता रामलाल साह तथा कार्यकर्ताले एकआपसमा रङ लगाएर होली शुरु गरेका थिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, बुद्धिराज राजभण्डारी, यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मी, पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ता, प्राध्यापक, कर्मचारी, सञ्चारकर्मी र शिक्षकको सहभागिता थियो ।

यसै अवसरमा मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख शान्ति र समृद्धिको कामना गरेका छन्। मुख्यमन्त्रीको शुभकामना सन्देशमा नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उत्साह र उमंगका साथ सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा मिल्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : ४२ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले