प्रधानसम्पादक भण्डारीको बिदाइ « Khabarhub

प्रधानसम्पादक भण्डारीको बिदाइ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेभेलियन मिडिया प्रा.लिद्वारा सञ्चालित खबरहब डटकमको स्थापनाकालदेखि प्रधानसम्पादकको भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई औपचारिक बिदाइ गरिएको छ ।

दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित कार्यक्रममा खबरहब डटकमका अध्यक्ष नरेश श्रेष्ठ, नवनियुक्त प्रधानसम्पादक वरिष्ठ पत्रकार गोविन्द लुइँटेलसहितको टिमले भण्डारीको बिदाई गरेको हो ।

तीन दशकदेखि पत्रकारितामा आबद्ध भण्डारीको सम्पादकीय नेतृत्वमा खबरहबले सफलता हासिल गरेको भन्दै अध्यक्ष श्रेष्ठले भण्डारीको नेतृत्वमा लोकप्रिय, विश्वसनीय र व्यावसायिक पत्रकारिताको अभ्यास भएको भन्दै धन्यबाद व्यक्त गरे।

भण्डारीले योहो टेलिभिजनको समाचार प्रमुखको रुपमा जिम्मेवारी लिएको भन्दै एक वर्षभन्दा लामो कार्यकाल एउटा कुशल टीमसँग काम गर्ने अवसर पाएको भन्दै सबैप्रति आभार व्यक्त गरे । भण्डारीले नवनियुक्त प्रधानसम्पादक लुइँटेलको नेतृत्वमा खबरहबले अझै उचाई लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : २० बजे

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न

स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा