कोरोनाभाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालबाट धरान पठाइयो « Khabarhub

कोरोनाभाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालबाट धरान पठाइयो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा कोशी अञ्चल अस्पतालमा उपचाररत दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

केही दिन अघि वेदेशबाट आएका उनीहरुमा रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

कोशी अञ्चल अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचाररत दुबै जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन रेफर गरिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले जानकारी दिइन् ।

कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहेका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको बताए ।

‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो । शंका लागेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । तर कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उनले भने ।

रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै