बेलायती राजदूतसँग कानून मन्त्री तुम्बाहाङफेको भेटवार्ता « Khabarhub

बेलायती राजदूतसँग कानून मन्त्री तुम्बाहाङफेको भेटवार्ता


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि वेलायती राजदूत निकोला पोलिटले कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेकी छन् ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा शुक्रबार भएको भेटमा राजदूत पोलिटले कानून मन्त्रालयको नेतृत्व पहिलोपटक महिलाले पाएकोमा खुसी व्यक्त गरिन् ।

मन्त्री तुम्बाहाङ्फेको कार्यकालमा नेपालको संक्रमणकालीन न्यायको प्रक्रियाले तीब्रता पाउने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री तुम्बाहाङ्फेले संक्रमणकालीन न्यायमा कुनै विवाद नभएको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले कार्यादेश बमोजिम नै काम गरिरहेको जानकारी दिइन् ।

आयोगका कामलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोग र समन्वय गरिरहेका मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

मन्त्री तुम्बाहाङ्फेले आफू मन्त्री भएलगत्तै आयोगका पदाधिकारी र पीडितसँग अलग अलग भेटेको उल्लेख गर्दै सरोकारवालाहरुको चासोलाई सम्बोधन गरिने बताएकी छन् ।

यसैबीच मन्त्री तुम्बाहाङ्फेसँग शुक्रबार नै संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुनियनले समेत भेट गरेका छन् । भेटमा कानून निर्माणलगायतका विषयमा कुरा भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४८ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती