नापी र मालपोत कार्यालयका कर्मचारी १७ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

नापी र मालपोत कार्यालयका कर्मचारी १७ लाख घुससहित पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना लेखापठी व्यवसायी समेत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख भीष्मकुमार भूषालले मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेको पुष्टि गरे ।

उनीहरुलाई बिचौलियामार्फत घुस लिएको अवस्थामा पक्राउ गरिएको भुषालले खबरहबलाई जानकारी दिए ।

‘मालपोत र नापी कार्यालयका कर्मचारीहरु घुससहित पक्राउ परेका छन्,’ अख्तियारको बुटवलस्थित कार्यालयका प्रमुख भूषालले खबरहबसँग भने, ‘हामी अहिले फिल्डमै छौं । घटनाको अनुसन्धान भइरहेको छ । उनीहरुले कुन प्रयोजनका लागि घुस लिएका हुन् भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्छ ।’

अख्तियारको बुटवल कार्यालय स्रोतका अनुसार घुससहित पक्राउ पर्नेमा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहितका कर्मचारी छन् ।

उनीहरुले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै घुस लिएका बुझिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : ३२ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा