साफ महिला च्याम्पियनसिप : रेकर्ड ब्रेक गर्ने अठोटमा नेपाल « Khabarhub

साफ महिला च्याम्पियनसिप : रेकर्ड ब्रेक गर्ने अठोटमा नेपाल




काठमाडौं– नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार हुने साफ च्याम्पियनसिप फाइनल खेलका लागि आफ्नो टोली पूर्णतवरले तयार रहेको स्पष्ट पारेका छन् ।

“हाम्रा लागि घरेलु मैदान हो । आयोजना भएको साफमा हामी आफ्नो रेकर्ड ब्रेक गर्न चाहान्छौं,” खड्काले भने ।

यसअघि लगातार ३ पटक फाइनलमा पुगेर तीनै पटक भारतसँग पराजित भएको नेपालका लागि घरेलु मैदानमा भएको खेलमा आफ्नो विगत सुधार्ने अवसर पनि रहेको छ ।

बिहीबार श्रीलंकालाई ४—० को अन्तरले पराजित गर्दै फाइनल पुगेको नेपालका लागि अहिलेसम्मको साफ महिला च्याम्पियनसिपमा भारत सधैं तगारो बन्ने गरेको छ । तर, प्रशिक्षक खड्काले केही समय अगाडि भारतीय महिला टोलीलाई पराजित गर्न सफल भएका महिला खेलाडीहरु फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् ।

“हामीले केही समय अघि मात्रै भारतलाई पराजित गरेका थियौं । त्यसले खेलाडीको मनोवल उच्च बनाएको छ । अर्को कुरा हाम्रा खेलाडी उच्च लयमा छन्,” प्रशिक्षक खड्का भन्छन्, “भोली (शुक्रबार) हाम्रो दिन हो ।”

लगातार तीन खेलमा उत्कृष्ट लय प्रस्किएको नेपाली महिला टोलीका खेलाडीले भारतसँग पनि आफ्नो लय कायम राख्नुपर्ने प्रशिक्षकको भनाइ छ । भारतले महिला फुटबलमा पनि राम्रो लगानी गरेको र पटक—पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएकाले नेपाल भन्दा राम्रो टिम भएको खड्काको मूल्याङ्कन छ । जसका कारण शुक्रबारको खेल ‘टफ’ रहेको खड्काले बताए ।

नेपाली खेलाडीका लागि राम्रो अन्तर्राष्ट्रिय एक्सपोजन नपाए पनि खेलाडीको खेल स्प्रिटले नै यहाँसम्म आउन सफल भएको उल्लेख गर्दै खड्काले भने, ‘शुक्रबार भारतविरुद्ध अलि धेरै मेहनत गर्नु परेपनि उपाधि उचाल्न चाहान्छौं ।’

नेपाली टिमकी कप्तान निरु थापाले शुक्रबारको खेल जसरी पनि जित्नैपर्ने बताइन् । “हामीले जसरी भएपनि जित्नै पर्छ । प्रशिक्षकले दिएको जिम्मेवारी पुरा गर्न सके हामी जित्छौं,” कप्तान थापाले भनिन् ।

लगातार चार पटकको साफ च्याम्पियन भारत आफ्नो दबदबालाई कायम राख्ने योजनामा रहेको भारतीय प्रशिक्षक मायामोल नेतुका दान रक्कीले बताइन् । उनले आफ्नो टोली फाइनलका लागि पूर्ण रुपमा तयार रहेको समेत बताइन् ।

“फाइनलका लागि नेपाल पनि तयार छ र हामी पनि । हामीले यो फाइनल पनि जित्छौं,” प्रशिक्षक मायामोलले भनिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १ : ३० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र