ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण पुष्टि


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । यद्यपि उनको दोश्रो परीक्षणपछि यसबारे अझ स्पष्ट हुने जनाइएको छ ।

कोरोना भाइरसको परीक्षण गर्नुअघि राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । यता बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग आफू नडराएको टिप्पणी गरेका थिए ।

बोल्सोनारोलाई कोरोना भाइरस देखिएको पुष्टि हुनु केही घण्टा अघिमात्रै उनका प्रेस सल्लाहकारमा पनि संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : २८ बजे

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन