कोरोनाभाइरसः ७० हजार मानिस उपचारपछि घर फर्किए, ६९ हजारको उपचार हुँदै | Khabarhub Khabarhub

कोरोनाभाइरसः ७० हजार मानिस उपचारपछि घर फर्किए, ६९ हजारको उपचार हुँदै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ ।

तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ ।

जीवन र मरणको दोसाँधमा पुगेर फर्किएको प्रियजनलाई पूरानै अवस्थामा तंग्रिएको देख्दा तिनका परिवारमा उत्साह छाएको छ ।

चीनले कोरोनाभाइरसको महामारी लगभग नियन्त्रणमा आएको घोषणा गरेको छ । गत डिसेम्बर ३१ बाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३१ सय ७७ जनाको मृत्यु भएको छ ।

८० हजार ८ सय १७ जनामा संक्रमण देखिएकोमा ६४ हजार १ सय ५२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

उपचारारत १३ हजार ४ सय ८८ मध्ये ४ हजार २० जनाको अवस्था सिकिस्त छ । तर संक्रमण देखिने कम न्यून भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको उद्भव भनिएको वुहान बाहेकका क्षेत्रमा यसको प्रकोप अब नियन्त्रणमा आएको चीनले बिहिबार नै जनाएको छ ।

चीनपछि कोरोनाले सबैभन्दा बढी महामारी लिएको इटालीमा १४ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

उपचारारत १४ हजार ९५५ जनामध्ये १३ सय २८ जनाको अवस्था नाजुक छ । शनिबार विहानसम्म १२ सय ६६ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा ३५ सय २९ जना निको भएर घर फर्किएका छन् भने ७ हजार ३ सय २१ जनाको उपचार जारी छ । ५ सय १४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ५ सय १० जना उपचारपछि ठीक भएका छन् उपचारारत ७ हजार ३ सय ९८ जनाको अवस्था सामान्य रहेको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उपचार भइरहेकामध्ये ९३ जनाको अवस्था भने गम्भीर रहेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ ।

स्पनेमा संक्रमित हुनेको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । त्यहाँ एकैपटक २ हजार ८६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ५२ सय ३२ पुगेको छ ।

उपचारका लागि ४ हजार ९ सय ६ जना भर्ना भइरहँदा १ सय ९३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उपचारारत मध्ये १ सय ९० जना सिकिस्त छन् भने १ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३६ सय २१ जनामध्ये ४६ जना उपचारपछि घर फर्किएका छन् ।

उपचार भइरहेकामध्ये ४६ जना निको भएका छन् भने ९ जनाको अवस्था गम्भीर छ । त्यहाँ ८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको संक्रमण फैलने क्रम तीब्र हुँदै गए पनि उपचारपछि ठीक हुने दर पनि उच्च छ ।

संक्रमित भएकामध्ये अहिलेसम्म ९३ प्रतिशत मानिस उपचारपछि घर फर्किएका छन् भने ७ प्रतिशतको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु बालबालिका, बिरामी र बृद्धबृद्धा छन् । ठ्याक्कै औषधि उपचार र खोप समेत पत्ता नलागेकाले संक्रमित हुनेहरुमा रोगप्रतिरोधात्मक क्षमता बढी भएमा कुनै समस्या नहुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३० बजे

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा