मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम धुलिखेल अस्पतालबाट पनि सुरु « Khabarhub

मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम धुलिखेल अस्पतालबाट पनि सुरु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाग्मती प्रदेश मुख्यमन्त्री – जनता स्वास्थ्य कार्यक्रम काभ्रेपलाञ्चोकमा पनि विस्तार भएको छ ।

प्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गतका स्वास्थ्योपचार सेवा आजदेखि धुलिखेल अस्पतालबाट पनि उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले गत फागुन २२ गते हेटौंडा अस्पतालबाट चालु आर्थिक वर्षमा १३ जिल्लामै लागू गर्ने योजनाका साथ पुनः मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम शुरु गरेको हो ।

पहिलो चरणअन्तर्गत जिल्लामा छ नगरपालिकाका नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक तथा स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच गरिनेछ ।

सम्बन्धित वडाध्यक्षको सिफारिसमा ती व्यक्तिले धुलिखेल अस्पतालमा उपचार पाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए।

झाका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नपाका चार हजार ३०० नागरिकको उपचार गराइनेछ ।

कार्यक्रमअन्तर्गत छ नगरस्थित ७४ वडाका एक हजार ८५० को निःशुल्क तथा दुई हजार ४५० को २५ प्रतिशत शुल्क छुटमा स्वास्थ्य परीक्षण हुनेछ ।

स्वस्थ्य परीक्षण तालिकाअनुसार धुलिखेल र मण्डन देउपुरका नागरिकले चैत महिनाको हरेक शनिबार, पाँचखाल र पनौतीकाले वैशाखको हरेक शनिबार, नमोबुद्ध र बनेपाका नागरिकलाई भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गरिनेछ ।

काभ्रेपलाञ्चोकमा यस कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमार्फत धुलिखेल अस्पताललाई करिब रु ५० लाख उपलब्ध गराइएको कार्यक्रमका ‘फोकल पर्सन’ नारायण भट्टले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ३८ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८