बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्डबाट राजीनामा | Khabarhub Khabarhub

बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्डबाट राजीनामा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल लिंकडिनमा पल्स पोष्ट गर्दै उनले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफ्नो ध्यान परोपकारी कार्यमा लगाउनका लागि बोर्डबाट राजीनामा दिएको उनको भनाइ छ ।

विश्वकै धनाढ्यको सूचीमा पर्ने उनले अर्का धनाढ्य वारेन बफेटको ब्रेकसायर हाथावे कम्पनीको बोर्डबाट पनि राजीनामा दिएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले अब विश्व स्वास्थ्य, शिक्षा, मौसम परिवर्तन लगायतसँग सम्बन्धित परोपकारी काममा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन् ।
उनी र उनकी श्रीमती मेलिण्डा गेट्सले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको स्थापना गरी विश्वभर परोकपरकारी काममा अर्बौं डलर खर्च गर्दै आएका छन् ।

यसअघि सन् २००८ मा गेट्सले माइक्रोसफ्टको कार्यकारीको पदबाट पछि हट्ने घोषणा गरेका थिए । त्यस्तै, उनले सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

गेट्सले सन् १९७४ मा पल एलनसँग मिलेर अल्बुकर्की, न्यू मेक्सिकोमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : ५५ बजे

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

घोडाघोडी–  जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु