अफगानिस्तानमा नौरोजको पूर्वसन्ध्यामा आक्रमण, ६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा नौरोजको पूर्वसन्ध्यामा आक्रमण, ६ जनाको मृत्यु


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएका श्रृङ्खलाबद्ध विष्फोटमा ६ जनाको ज्यान गएको छ । काबुलको कर्त ए शाकी क्षेत्रमा शिया मस्जिद नजिकै ३ वा ४ मोर्टारबाट आक्रमण गरिएको अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । आक्रमणमा अरु २३ जना घाइते भएका छन् ।

आक्रमणकारीले फारसी नयाँ वर्ष नौरोजको पूर्वसन्ध्यामा आक्रमण गरेका हुन् । आक्रमणकारीले नौरोजका लागि सामान खरिद गर्न भेला भएका मानिसहरुलाई लक्षित गरी आक्रमण गरेको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा सक्रिय इस्लामिक अतिवादीले नौरोज पर्वलाई गैर इस्लामिक भन्दै यस्ता गैर इस्लामिक पर्व नमनाउन उर्दी जारी गर्दै आएका छन् ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको र स्थितीलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : १४ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ