साताको पहिलो दिन नेप्से ६४ अंकले ओरालो « Khabarhub

साताको पहिलो दिन नेप्से ६४ अंकले ओरालो


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आज (आइतबार) सेयर बजार दोहोर अंकले ओरालो लागेको छ । पाँच घण्टा कारोबार भएको पहिलो दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ अंकमा झरेको छ ।

बजारमा १७४ कम्पनीको सेयर किनबेच भएको छ । दिनभर ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा करिब १० करोड रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

कारोबार शुरू भएदेखि निरन्तर ओरालो लागेको बजारमा कारोबारमा आएका सबै समूह सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६२१.८८ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ४१६.७३ अंकले ओरालो लागेको छ । म्युचअल फण्ड समूह सामान्य ०.३१ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

आइतबार सामूदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, अन्य ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ ।

सो दिन तीन कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । यूनाईटेड मोदी हाइड्रोपावर, सिन्धु विकास बैंक र वोमी माइक्रोफाइनान्सको सेयर मूल्य सामान्य क्रमशः ०.९७, ०.७७ र ०.४७ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १७ करोड ३६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ११ करोड ४६ लाख र एनएमबी बैंकको १० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ४ : ५७ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ