कोरोना भाइरसबारे थाहा पाउँनै पर्ने १३ जानकारी | Khabarhub Khabarhub

कोरोना भाइरसबारे थाहा पाउँनै पर्ने १३ जानकारी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । हजारौं मानिसको मृत्यु भएको छ ।

१ लाख ७० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । संसार नै तहसनहस बनाउने अवस्थामा पुगेको कोरोना भाइरसबारे केही भ्रम पनि फैलाइएको छ ।

यसले मानिसहरु भयभीत छन् । हामी यहाँ तपाईंलाई त्यस्ता भ्रम चिर्न मद्दत मिल्ने केही जानकारी प्रस्तुत गर्दैछौं ।

१. चिसोमा भन्दा तातोमा कोरोना भाइरसको संक्रमण हुन सक्ने अवस्था कम भएकाले शरीरलाई तातो राख्नु उत्तम हुन्छ ।

२. कोरोना भाइरस कमजोर भाइरस भनिए पनि औषधि र खोप पत्ता नलागिसकेकाले यसबाट जोगिनु नै उत्तम हुन्छ ।

३. दीर्घ रोगी, बृद्धबृद्धा तथा रोगसँग लड्ने क्षमता नभएका व्यक्तिलाई मात्र कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।

४. अनावश्यक भ्रम फैलाइएकाले विश्वासिलो सञ्चारमाध्यको सूचनालाई मात्र आधार मानौं, भयभीत नबनौं ।

५. मास्कको प्रयोग गर्ने र पटक/पटक हात धुँदा कोरोना भाइरसको संक्रमण सिधै नहुन सक्छ ।

६. हात नधोई बिना कारण पटक पटक मुख तथा नाकमा हात लानु हुँदैन ।

७. खोक्दा वा हाच्छ्यूँ गर्दा अनिवार्य रुमालले नाक र मुख छोपेर मात्र गर्नुपर्दछ ।

८. खोकी वा हाच्छुयूँपछि तत्काल साबुन पानीले हात धुनु पर्दछ ।

९. जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट भरसक टाढा रहने गर्नुपर्दछ ।

१०. पशुजन्य मासु/अण्डा राम्रोसँग पाकेको मात्र खानुपर्छ ।

११. कोरोनाको संक्रमणबाट बच्न भीडभाडमा नजाने अर्को राम्रो विकल्प हो ।

१२. कोरोनाको हल्ला अनुसारको सत्यता छैन । यसको मृत्युदर निकै कम छ ।

१३. १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, रुघाखोकी लागेमा कोरोना भाइरसको लक्षणहरु हुन् ।

यी लक्षणहरु देखिएमा तत्काल उपचारका लागि अस्पतालमा जानुपर्दछ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १८ बजे

आईपीएलमा ‘क्याच मिस’ को पीडा

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन्

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा

काठमाडौं – लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन