पोर्चुगलमा ६० नेपाली क्वारेन्टाइनमा, एक जनामा संक्रमणको पुष्टि « Khabarhub

पोर्चुगलमा ६० नेपाली क्वारेन्टाइनमा, एक जनामा संक्रमणको पुष्टि


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहर नजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

नेपालीको समूहमा रहेका ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका नेपालीको फारोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा एक विद्यालय परिसरमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

पोर्चुगलमा हालसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : २० बजे

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर