महिन्द्राको नयाँ थार अफरोड कार सार्वजनिक « Khabarhub

महिन्द्राको नयाँ थार अफरोड कार सार्वजनिक


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– महिन्द्रा थार भारतको सबैभन्दा शक्तिशाली अफरोड कारमध्ये एक हो । यो महिन्द्राको पहिलो कार हो जसमा बीएस ४ सीआरडीई इन्जिन जडान गरिएको छ । त्यस्तै, यसमा एसीसहित तीन भेरियेन्ट्स – डीआई ४×२ डीआई ४×४ तथा सीआरडीई ४×४ मा उपलब्ध छ । महिन्द्रा थारको लोकप्रियता भारतमात्र नभएर विश्वभरका अफरोड शौकिनहरुमाझ चर्चित छ ।

हालै महिन्द्राले दक्षिण अफ्रिकामा थारको नयाँ स्पेशल अडिशन – एडभेन्चर सिरिज ४×४ लन्च गरेको छ । यो त्यही थार हो जुन भारतमा सेलका लागि उपलब्ध छ । यद्यपि नयाँ ग्राहकलाई आकर्षित गर्नका लागि यसमा धेरै अफरोड एक्सेसरिज उपलब्ध गराइएको छ ।

नयाँ महिन्द्रा थार एडभेन्चर सिरिजमा बुण्डु गियरको अफरोड बम्पर, एक स्टिल क्यानोपी तथा स्नोर्कलका साथै नयाँ अफरोड अलोय पनि छ । यसमा खास कुरा के छ भने फ्रन्ट सिटका यात्रुले स्टिल क्यानोपी हटाएर ओपन टप ड्राइभिङको अनुभव पनि गर्न सकिन्छ ।

महिन्द्रा थार एडभेन्चर सिरिज ४×४ को फ्रन्ट र्बपरमा एउटा टप बार पनि राखिएको छ जसले ग्रिलमा एक्ट्रा प्रोटेक्सन गर्नेछ । त्यसबाहेक यसमा कलर्ड रिकभरी पेन्ट्स, बिल्ट इन एलइडी लाइट तथा हाइ लिफ्ट ज्याक माउण्टिङ पेन्ट्स पनि राखिएको छ । यसमा अप्सनल हैंकुक डायनाप्रो एटी अफ रोड टायर्स पनि स्पेशल एडिशन थारमा छ ।

यसमा २.५ लिटरको टर्बो डिजल इन्जिन छ जुन १०७ पीएस को पावर र २४७ एनएमको पिक टर्क जेनेरेट गर्ने क्षमताको छ । ट्रान्समिसनका लागि ५ स्पिड गियरबक्स छ । यसको शुरुवाती मूल्य करिब १४ लाख भारतीय रुपैयाँ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ३३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात