२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै | Khabarhub Khabarhub

२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ ।

बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको झन्डै २५ महिना पछि २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा मतदान हुन लागेको हो ।

स्थायी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको एकमत छ । तर, नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशसभाको स्थायी राजधानी र प्रदेशको नाम परित गर्ने संवैधानिक व्यवस्था छ । पहिलो चरणमा दुईतिहाई बहुमत नपुगे दोस्रो चरणमा मतदान हुने छ ।

कूल १ सय ७ जना सांसद रहेको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२, प्रदेश सरकारको सत्तारुढ दल समाजवादी पार्टीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको २५ तथा संघीय समाजवादी पार्टीको १ सिट छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ३२ बजे

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१

आठौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी– बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन,

सर्वोत्तम सिमेन्टको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा रुपन्देहीको सिद्धार्थ

पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर : शेहबाज शरीफ

इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने