आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय « Khabarhub

आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना प्रविधि र इन्टरनेटको विकासले आममानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ ।

आक्कल झुक्कल मानिसहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडियोमा समेत कुराकानी गर्न मिल्ने भएपछि मानिसहरु हिजोआज इन्टरनेटको पहुँचमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुराकानी गरेको पाइन्छ ।

धेरैको गोप्य कुराकानी र कारोबार समेत फेसबुकबाट हुने गरेका छन् । तर प्रयोगकर्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षासम्मका समस्या पनि निम्तिने गरेका छन् ।

कतिपय अवस्थामा त जानाजानी ह्याकरहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ ।

कसैसँग आफ्नो अकाउन्टको पासवर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेको पनि हुन सक्छ । यो अवस्थामा आफ्नो फेसबुक अकाउन्ट कहाँ-कहाँ लगइन भएको छ भनेर आफैंले थाहा पाएर सम्भावित दुरुपयोग रोक्न पनि सकिन्छ ।

  • सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो अकाउन्ट ओपन गरेर यसको सेटिंग्समा जानुपर्ने हुन्छ । सेटिंग्स अप्शन खुल्ने बित्तिकै यूजर अघि देब्रे साइडमा कयौं अप्शनहरु देखिने छन् ।
  • यसैमध्ये प्रयोगकर्ताले दोस्रो नम्वरमा सेक्योरिटी एन्ड लगइनको अप्शन पाउने छन् ।
  • यसमा ट्याप गर्दा यूजर अगाडि एक पेज ओपन हुनेछ । यस पेजमा ह्वेर यूआर लग्ड इन अप्शन पाइनेछ । यसमा यूजरले आफ्नो अकाउन्ट लग इन भएको डिभाइसहरु देख्न सक्दछन ।
  • यसबाहेक यी डिभाइसहरुसँगै यूजरलाई टाइम पनि देखिने छ, जसबाट यूजरले यी डिभाइसमा कति बजे वा कति समयसम्म लगइन रहेको हेर्न सक्दछन् ।

यसरी यूजरले आफ्नो फेसबुक कहाँ/कहाँबाट लगइन छ भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगाडि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूजरले लग आउटको अप्शन पाउने छन्।

यसबाहेक यूजरले सबै डिभाइसबाट एकैसाथ लगआउट गर्न चाहेमा यसैको तल्लो भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिरहेको फेसबुक अकाउन्ट लगआउट हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ३३ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर