सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ « Khabarhub

सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नी सौतने आमाको हत्या गरेर फरार रहेका एक ५८ वर्षीय पुरुष १८ वर्षपछि पक्राउ परेका छन् ।

१४ माघ २०५८ मा धादिङको तत्कालीन थाक्रे गाविस–३ (हाल थाक्रे गाउँपालिका–६) रानीबारीकी कान्छी थापा मृत फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले कान्छीको हत्या भएको तथ्य फेला पारेको थियो । हत्यामा उनकै सौतने छोरा रण बहादुर थापाको संलग्नता रहेको प्रहरीको निष्कर्श थियो । तर, थापा भने फेला परेका थिएनन् ।

तत्कालीन अवस्थामा ४० वर्ष उमेरका थापा १८ वर्ष पछि मंगलबार धादिङको रानीबारीबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको हो ।

पक्राउ परेका थापाकी सौतने आमा कान्छी थापा आफ्ना पति सर्वजित थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि आफ्ना छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । पतिको बर्खी (वार्षिक पूण्यतिथी)का दिन आफ्नो घर आएकी थिइन् ।

सोही दिन जग्गाको विषयमा विवाद हुँदा रणबहादुरले कान्छीको हत्या गरेका थिए ।

आफ्नी सौतने आमाको हत्या गरेपछि फरार रहेका रणबहादुर लामो समयदेखि काठमाडौंको टेकुमा लुकिछिपी बस्दै आएका थिए । केही दिन अगाडि मात्रै धादिङको रानीबारीस्थित घर पुगेका उनलाई सीआईबीको टोली पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ३८ बजे

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्