सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ « Khabarhub

सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नी सौतने आमाको हत्या गरेर फरार रहेका एक ५८ वर्षीय पुरुष १८ वर्षपछि पक्राउ परेका छन् ।

१४ माघ २०५८ मा धादिङको तत्कालीन थाक्रे गाविस–३ (हाल थाक्रे गाउँपालिका–६) रानीबारीकी कान्छी थापा मृत फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले कान्छीको हत्या भएको तथ्य फेला पारेको थियो । हत्यामा उनकै सौतने छोरा रण बहादुर थापाको संलग्नता रहेको प्रहरीको निष्कर्श थियो । तर, थापा भने फेला परेका थिएनन् ।

तत्कालीन अवस्थामा ४० वर्ष उमेरका थापा १८ वर्ष पछि मंगलबार धादिङको रानीबारीबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको हो ।

पक्राउ परेका थापाकी सौतने आमा कान्छी थापा आफ्ना पति सर्वजित थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि आफ्ना छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । पतिको बर्खी (वार्षिक पूण्यतिथी)का दिन आफ्नो घर आएकी थिइन् ।

सोही दिन जग्गाको विषयमा विवाद हुँदा रणबहादुरले कान्छीको हत्या गरेका थिए ।

आफ्नी सौतने आमाको हत्या गरेपछि फरार रहेका रणबहादुर लामो समयदेखि काठमाडौंको टेकुमा लुकिछिपी बस्दै आएका थिए । केही दिन अगाडि मात्रै धादिङको रानीबारीस्थित घर पुगेका उनलाई सीआईबीको टोली पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ३८ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका