कोरोनाको आशंकामा भारतका एक मन्त्री नै क्वारेन्टाइनमा « Khabarhub

कोरोनाको आशंकामा भारतका एक मन्त्री नै क्वारेन्टाइनमा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्।

हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।

उक्त सम्मेलनमा एक कोरोना भाइरस संक्रमित डाक्टर पनि सहभागी भएको पुष्टि भएपछि उनले आफूलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बसेका हुन् ।

घरमै क्वारेन्टाइनमा बसेका उनले कोरोनाको परीक्षण गराए पनि उनको रिपोर्ट आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने १ सय ४३ भन्दा बढी संक्रमित रहेको जनाइएको छ । जसमा १४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जना उपचाररत रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००