भगवान शिवले बाघको छाला धारण गर्नुको रहस्य के होला ? | Khabarhub Khabarhub

भगवान शिवले बाघको छाला धारण गर्नुको रहस्य के होला ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन:।।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।

अर्थ-  रूद्र नै ब्रह्मा, विष्णु हुन् सबै देवता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् । रुद्र नै ब्रह्म स्वरुप हुन् र उनी नै स्वयम्भू हुन्  । अर्थात  शिव नै ब्रह्मा हुन् ,ब्रह्मा नै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णु नै शिव हुन् । यस संसारको श्रृष्टि, पालन र संहारका विभिन्न नामले उनी चिनिदै आएका छन् ।

शास्त्रमा उल्लेख भए अनुसार भगवान शिवका अनेक नाम छन् । शिव, शंकर, भोलेनाथ, महादेव आदि । भगवान शिवका अनेक नाम भए पनि बाघको छालाको वस्त्र धारण गरे भन्ने विषयमा सवैलाई थाहा नहुन सक्छ ।

भगवान शिव सधैँ बाघको छालामा सजिएका हुन्छन् । उनले गहना स्वरुप नागको माला पहिरिन्छन् । हातमा त्रिशुल लिएका उनको शिरमा चन्द्रमा र गंगा हुन्छन् ।

धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको वर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ । उनले बाघको छालाको वस्त्र धारण गर्नुको कारणबारे शिवपुराणमा उल्लेख छ ।

पौराणिक कथालाई आधार मान्ने हो भने भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे ।

यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् । भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए ।

सबै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछि लाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् । त्यसपछि ऋषिहरुले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय खोज्न थाले ।

ऋषिहरुले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे । त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति (शिवजी)लाई खाओस् ।

तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए । त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ४४ बजे

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई

खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो

खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय

सन्तोष राजावादी पक्राउ : सरकारी मुखपत्रले छापेको थियो निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर पर्ने समाचार

काठमाडौँ- प्रहरीले सन्तोष राजावादीका नाममा परिचित सन्तोषकुमार सिलवाललाई मंगलबार काठमाडौँबाट

अशान्त विश्वमा चीन–रुस सम्बन्ध सबैभन्दा स्थीर : राष्ट्रपति सी

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन–रुस सम्बन्धलाई प्रमुख विश्व