कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग « Khabarhub

कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न ध्यानाकर्षण गराएको हो ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटल सञ्चालकबीचको छलफल तथा अन्तक्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको थियो ।

यसैगरी आगन्तुक पाहुना तथा होटलमा कार्यरत कर्मचारी र आम उपभोक्तालाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो सङ्घको कार्यालयमा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्तिकै त्रास र सङ्कट सिर्जना भएको जानकारी दिए ।

सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षणपत्रमार्फत स्मरण गराइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार