काठमाडौंमा ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार « Khabarhub

काठमाडौंमा ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ३ जना

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु¥याइदिने भन्दै सडक निकारमा रोकिएको ट्रकमा लगेका थिए । ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेका देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : ०८ बजे

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार