अस्ट्रेलियास्थित नेपाली दूतावासको अपिल– अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावास आउनुस् « Khabarhub

अस्ट्रेलियास्थित नेपाली दूतावासको अपिल– अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावास आउनुस्


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा सम्पर्क गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

विगत केही दिनदेखि अस्ट्रेलियाम कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको र अस्ट्रेलिया सरकारले पनि उच्चस्तरको सावधानी अपनाउन आह्वान गरेको भन्दै राजदूतावासले यस्तो आग्रह गरेको हो ।

अस्ट्रेलियन सरकार र नेपाल सरकारको निर्देशन तथा सेवाग्राहीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै राजदूतावासबाट प्रदान हुने सेवा प्रवाहमा १९ मार्च (भोलि) अर्को सूचना नभएसम्मको लागि केही नयाँ व्यवस्था गरेको राजदूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउन आग्रह गरेको छ ।

यस्तो छ अस्ट्रेलियास्थित नेपाली दूतावासको अपिल

१. राजदूतावासको नियमित कन्सूलर सेवाहरू जस्तै( राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाल परिचय पत्र, भीसा र सवारी चालक अनुमति पत्रलगायतका कागजात प्रमाणिकरणका लागि यस राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने ।

२. अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरीदिनुपर्ने कामका लागि अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा आउने ।

३. राजदूतावासमा आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोनबाट सम्पर्क गरी समय लिएर मात्रअफिस खुल्ने दिन बिहान १० बजे देखि १ बजे सम्म आउने ।

४. विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउने ।

५. अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्ने ।

राजदूतावासको सेवा एवं अन्य कुनै जानकारी लिनुपरेमा यस राजदूतावासको देहायको फोन र इमेलमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
फोन नं. ०२–६२८६८००४, अथवा ०२–६२८६८००६ कार्यालय समयपछि (बेलुका ५ बजेदेखि राती ९ बजेसम्म) अत्यन्त जरूरी परेमा ०४३३९००२२७ वा ०४५०४३६१९९ मा सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ ।

साथै, अस्ट्रेलिया सरकारल कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि लागू गरेको व्यवस्था जस्तै, सार्वजनिक भेला हुने खालको कार्यक्रम आयोजना नगर्ने, नेपालबाट आए पश्चात अनिवार्यरूपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाइनमा बस्ने, अस्वस्थ भएमा यथाशीघ्र स्थानीय स्टेट अथवा टेरिटोरी हेल्थ अथोरिटीमा मा सम्पर्क गर्नुहुन समेत यस राजदूतावास हार्दिक अनुरोध गरिएको नेपाली राजदूतावास, क्यानबेराले अपिल गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : १७ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित