पोखराको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ | Khabarhub Khabarhub

पोखराको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एउटा कटेज नजिकको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ जना विदेशी र १ जना नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति लागू औषध गाँजा सेवन गरी होहल्ला गर्ने विदेशीसहित नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्ने विदेशीमा ४ जना नर्वेली, १ जना जर्मन, १ जना स्वीडेनका नागरिक छन् । यस्तै, पोखारा महानगरपालिका–२३ चापाकोटमा रहेको एउटा कटेजका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कटेजका सञ्जालकसहित विदेशी नागरिकले लागू औषध सेवन गरी होहल्ला गरेपछि पक्राउ गरिएको हो ।

कटेजमा अन्य पर्यटकहरु समेत रहे पनि लागू औषध सेवन गर्नेलाई मात्र पक्राउ गरी हिरासतमा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ७ जनाविरुद्ध नै लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : ०३ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म