कोरोना भाइरस : संक्रमण १७३ देशमा पुग्यो, ८९ सय ४३ को मृत्यु « Khabarhub

कोरोना भाइरस : संक्रमण १७३ देशमा पुग्यो, ८९ सय ४३ को मृत्यु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि फर्किनेमा संक्रमण दोहोरिएको देखिएपनि नयाँ संक्रमित नभेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ ।

अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् । नेपाल आएका एक चिनियाँमा देखिएको संक्रमण पनि ठीक भएर उनी फर्किएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ५३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री