२५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारी निर्णय राष्ट्रिय सभा बैठकबाट उल्लंघन ! « Khabarhub

२५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारी निर्णय राष्ट्रिय सभा बैठकबाट उल्लंघन !


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरको जोखिमबाट बच्न भन्दै सरकारले २५ जना भन्दा धेरै मानिस जम्मा हुन नमिल्ने निर्णय गरेको भएपनि राष्ट्रिय सभा बैठक बसिरहेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गर्दै विद्यालय, स्कुल, सभा सम्मेलन, सिनेमा हल लगायत बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी बनिरहेको कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि धेरै मानिस भेला हुने र भीडभाडमा नजान आग्रह गर्दै आएको छ ।

तर राष्ट्रिसभा बैठक भने जारी रहेको छ । सरकारले २५ जना भन्दा धेरै भेला नहुन भनेको भएपनि हाल ५८ जना सदस्य रहेको राष्ट्रिय सभा बैठक बिहीवार(आज) बसिरहेको छ ।

उक्त बैठकबाहेक पनि त्यहाँ सुरक्षाकर्मी, कर्मचारी लगायतको भीड हुन्छ ।

बैठकमा सांसदहरुले कोरोना भाइरसप्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५२ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट