कोरोना त्रास : धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा « Khabarhub

कोरोना त्रास : धमाधम बन्द हुँदै नेपाली दूतावासहरु, घरबाटै सेवा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएसँगै नेपाली दूतावासहरु धमाधम बन्द हुन थालेका छन् ।

दूतावास खोल्दा कर्मचारीबीच संक्रमण फैलन सक्ने भन्दै युरोपमा रहेका नेपाली दूतावासहरु बन्द हुन थालेको हो । केही दूतावासहरुले अत्यावश्यकबाहेका सेवाका लागि दूतावास नआउन यसअघिनै सूचनाहरु जारी गरिसकेका छन् ।

दूतावासहरुले अत्यावश्यक सेवा टेलिफोन, इमेल, इन्टरनेटबाट दिइरहेको जनाएका छन् ।

फ्रान्सको पेरिसमा रहेको नेपाली राजदूतावासले कोरोना भाईरस संक्रमणको कारण उत्पन्‍न आपतकालीन अवस्थाका कारणले अर्को सूचना नभएसम्म नेपाली दूतावास बन्द रहने सूचना निकालेको छ । उसले आपतकालिन सेवाका लागि सम्पर्क गर्नका लागि फोन नम्बर राखेको छ । कोरोना भाइरसको संक्रमण यतिबेला युरोपमा बढी देखिएको छ ।

बेल्जियमाको ब्रसेल्स्, स्विजरल्याण्डको जेनेभा लगायतका स्थानमा रहेका दूतावास बन्द रहेका छन् । यसअघि अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा सम्पर्क गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको थियो । त्यस्तै यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको सूचना मंगलबार नै प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ४९ बजे

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी