कोरोनाका कारण विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक | Khabarhub Khabarhub

कोरोनाका कारण विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिजवेन- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोक्न अष्ट्रेलियाले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले शुक्रबारबाट विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यसअघि अष्ट्रेलियाले चीन, ईरान, इटाली र साउथ कोरियाबाट आउने यात्रुलाई मात्र प्रवेशमा रोक लगाएको थियो ।

अष्ट्रेलियन नागरिक र पिआरवालाहरुको हकमा भने यो नियम लागू नहुने जनाइएको छ । उनीहरु अष्ट्रेलिया प्रवेश गरेको खण्डमा दुई साता ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने जनाइएको छ ।

हालसम्म अष्ट्रेलियामा ७ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : ०४ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन