मलेसियामा ‘लकडाउन’को समयमा श्रमिकको तलब काट्न नपाइने « Khabarhub

मलेसियामा ‘लकडाउन’को समयमा श्रमिकको तलब काट्न नपाइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन नदिन मलेसियामा १४ दिने लकडाउन गरिएको छ ।

उक्त समयमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् । उनले मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताए ।

मलेसियाको अनलाइन मलेसियाकिनीका अनुसार मन्त्री सरभाननाले आवतजावतलाई नियन्त्रण गर्नेगरी लगाइएको ‘लकडाउन’को समयावधिको पनि तलव तथा सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्ने बताएका हुन् ।

यसैगरी ‘लकडाउन’को समयमा कुनै पनि श्रमिकलाई रोजगारदाताले बार्षिक छुट्टी वापतको विदा लिन बाध्य पार्न पाउने छैनन् । बेतलवी विदा लिन पनि श्रमिकलाई बाध्य पार्न पाइने छैन ।

१४ दिनको ‘लकडाउन’ भएसँगै मलेसियाका प्रायः सवै शहरहरु सुनसान छन् । सडकमा फाट्ट फुट्ट मान्छे हिंडेका छन् ।

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई कडा कारवाही गरिने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन् ।

नियम उल्लंघन गरेको पाइएमा १ हजार रिंगिट जरिवाना तथा ६ महिनासम्म जेल सजाय हुने चेतावनी सरकारले दिएको छ । कुनै कम्पनीले नियम उल्लंघन गरेमा पनि कडा कारवाही हुने स्वास्थ्य मन्त्रीले चेतावनी दिएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित छ ।

मलेसियामा कोरोना संक्रमणको ९ सय केस देखिएका छन् जसमध्ये २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : २२ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित