यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने २३ जना पक्राउ « Khabarhub

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने २३ जना पक्राउ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यात्रुसँग बढी भाडा लिएको भन्दै प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाबाट बहिरिने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएपछि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण बाहिरिने क्रम बढेको छ । चार दिनमा साढे ३ लाख मानिस काठमाडौंबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ५७ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका