काठमाडौंका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न व्यवसायीहरु तयार « Khabarhub

काठमाडौंका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न व्यवसायीहरु तयार


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइन बनाउनका लागि आफूहरुले होटल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष हिराध्जव शाहको अध्यक्षतामा शनिबार बसेको होटल व्यवसायीहरुको बैठकले सरकारले आवश्यक ठानेको खण्डमा काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुलाई क्वारेन्टाइन प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

होटल व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर ३, काठमाडौं होटल व्यवसायी महासंघका ९ वटा इकाइका अध्यक्षसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हाललाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, अन्य जिल्लामा सञ्चालित होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराउनका लागि जिल्ला समितिका अध्यक्षहरु छलफल चलिरहेको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : १९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको