कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा – मन्त्री खतिवडा « Khabarhub

कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा – मन्त्री खतिवडा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार एक्सनमा गएको बताएका छन् ।

आज (शनिबार) बसेको उच्चस्तरीय समितिको बैठकमा भएको छलफल बारे जानकारी दिँदै मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा शुक्रबार गरेको सम्बोधनको कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्ने निर्णय भएको बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रभावकारी कदम चाल्ने भन्दै मन्त्री खतिवडाले त्यसको व्यवस्थापनका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको जानकारी दिए ।

स्थानीय, प्रदेश र केन्द्रीय तहबाट कोरोना संक्रमितको लागि राखिने क्वारेन्टाइन बनाइएको र सञ्चालनका लागि सरकारलाई अनुरोध आएको भन्दै खतिवडाले निर्माण भएका क्वारेन्टाइनलाई आइसोलेटेट गरी एकद्वार प्रणालीबाट सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : २० बजे

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३

‘वाम अप’मा आक्रामक देखिएको नेपालको ब्याटिङ इंग्ल्यान्डविरुद्ध कस्तो होला ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट धेरै क्रिकेटप्रेमीका लागि

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ