कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।

सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय  २५  जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ०३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको