कोरोना भाइरसबिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय | Khabarhub Khabarhub

कोरोना भाइरसबिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् ।

मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले व्यक्तिगत तवरबाट गर्न सकिने केही सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर विभिन्न ५ टिप्स दिएको छ ।

डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२.  मदिराज्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४.  शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस ।

यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो ।

यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित