पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, एक जनाको अवस्था जटिल  | Khabarhub Khabarhub

पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, एक जनाको अवस्था जटिल 


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलको फारोस्थित एक कृषि कम्पनीमा कार्यरत ७४ नेपालीमा कोरोनाको संक्रमण भई क्वारेन्टाइनमा राखिएको खबर बाहिरिए पनि तीन जना नेपाली मात्र रहेको जनाइएको छ  भने एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

७४ जना नेपाली संक्रमित भएको खबर पोर्चुगलमा मात्रै नभई नेपालसँगै यूरोपका हरेक देशमा रहेका नेपाली अनलाइनदेखि पत्रपत्रिका र टेलिभिजनमा पनि प्रकाशित भए । पोर्चुगलका आधिकारिक संचारमाध्यमले पनि ७४ नेपाली नै क्वारेन्टाइनमा रहेको भन्दै समाचारहरु सम्प्रेषण गरेका थिए ।

घटना घटेको थाहा पाएपछि व्यवसायी एवं समाजसेवी कमलमान गुरुङ र दोभासे कमल भट्टराई घटनास्थलमा पुगेका थिए ।

दुवैजनाले घटनास्थलमा ७४ जना नेपाली नभई तीन जना क्वारेन्टाइनमा रहेको र एक जनाको अस्पतालमा उपचार भइरहेको भन्दै आफ्नो फेसबुकमार्फत लाइभ गरे ।

वास्तविकता बुझ्न हामीलाई निकै गाह्रो पऱ्यो । पोर्चुगल सरकारले आपतकालिन घोषणा गरेपछि हामी पनि घटनास्थलसम्म पुग्न सकेनौं ।

फोन र सामाजिक संजालमार्फत घटनाको वास्तविकता बुझ्ने प्रयास गऱ्यौँ । फारो पुगेर फर्किएका व्यवसायी गुरुङले तीन नेपाली क्वारेन्टाइन र एकजना अस्पतालमा उपचारको क्रममा रहेको जानकारी दिए ।

‘क्वारेन्टाइनमा रहेका तीनको अवस्था सामान्य नै छ भने अस्पतालमा भर्ना भएका एकको अवस्था केही जटिल छ ।’ उनले भने, ‘अस्पतालमा कोही जान नपाउने भएकोले उपचारमा संलग्न चिकित्सकहरुसँग नियमित रुपमा जानकारी लिने काम भइरहेको छ ।’

यता, नेपालीमा संक्रमण फैलिएपछि लिस्वनस्थित नेपाली वाणिज्य दूतावासले पनि विरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, चेकजाँच र सुरक्षामा आवश्यक ध्यान पुऱ्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कुटनितिक पहल गरिरहेको छ ।

बाणिज्यदूत मकर बहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए ।

उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कसरी आयो ७४ नेपालीको हल्ला ?

केही दिनअघि मात्रै फारोस्थित ‘केयरफुल’ नामक कृषि कम्पनीमा कार्यरत एक नेपाली सामान्य घाँटी दुखेपछि साथीको सहायतमा नजिकैको अस्पताल पुगे ।

अस्पतालका चिकित्सकले दुवै जनालाई जाँच गर्नेपर्ने बताएपछि बिरामीको साथी बनेर गएका एक नेपाली युवा भागेका थिए । अस्पताल र स्थानीय प्रशासन उनको खोजी गर्दा ‘केयरफुल’ कम्पनीका कामदार बस्ने क्याम्पमा पुगेपछि सबैलाई क्वारेन्टाइनमा लगेको एक नेपालीले फोनमार्फत हामीलाई जानकारी दिए ।

ती नेपाली युवाकाअनुसार अहिले क्वारेन्टाइनमा तीन नेपाली, सात पाकितानी, तीन बंगलादेशी र अन्य ३९ जना भारतिय नागरिक छन् । यस्तै एक नेपाली र अन्य केही विदेशीमुलका नागरिकहरुलाई छुट्टै राखेर उपचार गराइएको बुझिएको छ ।

अहिले नेपालीसहित ५७ जना नागरिक क्वारेन्टाइनमा छन् ।

उपचारका क्रममा रहेका एक र क्वारेन्टाइनमा रहेका तीन नेपाली एक महिना अघिमात्रै नेपालबाट  पोर्चुगल पुगेको बुझिएको छ । उनीहरु माल्टाबाट पोर्चुगल छिरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १९ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही