मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले डाके पहिलो मन्त्रीपरिषद बैठक « Khabarhub

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले डाके पहिलो मन्त्रीपरिषद बैठक


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने  बुझिएको छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गरेका थिए ।

नेपाल भारत सीमानाकाका बिषयमा दुई देशबीच आपसी समन्वयमा निर्णय गर्ने बताइए पनि सोबारे अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिले अन्य काम गर्दै आए पनि भारतसँगको सीमान नाका बन्द गर्ने कि नगर्ने भनेर ठोस निर्णय गर्न नसकिरहेका बेला मन्त्रीपरिषद् बैठकमार्फत यसबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।

यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : १५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग