कोरोना भाइरसका विषयमा ट्रम्पले किमलाई पत्र लेखे « Khabarhub

कोरोना भाइरसका विषयमा ट्रम्पले किमलाई पत्र लेखे


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– विश्वमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेका छन् ।

सर्वोच्च नेताकी बहिनी किम यो जोङलाई उदृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएअनुसार पत्रमा ट्रम्पले जनतालाई कोरोना भाइरसबाट जोगाउन सर्वोच्च नेताको पहलबाट प्रभावित बनेको उल्लेख गरेका छन् ।

ट्रम्पले महामारीविरुद्धको कामका लागि उत्तर कोरियासँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको पनि उक्त पत्रमा उल्लेख रहेको केसीएनएले जनाएको छ ।

आफ्नो मुलुकमा हालसम्म कोरोना भाइरसका एकजना पनि संक्रमित देखा नपरेको उत्तर कोरियाले बताउने गरेको छ ।
यस पत्र कहिले प्राप्त भएको भन्नेबारे केसीएनएले केही खुलाएको छैन ।

अमेरिकी अधिकारीले पनि उत्तर कोरियाली सर्वोच्च नेतालाई ट्रम्पले पत्र लेखेको पुष्टि गरेका छन् । कोरोना भाइरस महामारीविरुद्ध लड्ने विषयमा विश्वका नेताहरुसँग सम्पर्क गर्ने पहलस्वरुप उक्त पत्र उत्तर कोरिया पठाइएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएका छन् ।

गत वर्षको फेब्रुअरी महिनामा ट्रम्प र किमबीच भएको शिखर वार्ता असफल भएयता दुई मुलुकबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।

यद्यपि दुई नेताबीचको व्यक्तिगत सम्बन्ध भने राम्रो रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन् ।

पछिल्ला केही समययता उत्तर कोरियाले नियमितजसो क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । शनिबार मात्रै उत्तर कोरियाले दुई वटा छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ३८ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको