भारतबाट आउने हरेक नेपाली ‘सेल्फ क्वारेन्टाइनमा’, नियमित अनुगमन गरिने « Khabarhub

भारतबाट आउने हरेक नेपाली ‘सेल्फ क्वारेन्टाइनमा’, नियमित अनुगमन गरिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भारतीय सीमाबाट भित्रने सबै नेपालीलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ । अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे-नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : १४ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने