चीनमा कोरोना प्रकोप – स्वदेशभित्रै संक्रमित हुनेभन्दा विदेशबाट आउने संक्रमित धेरै | Khabarhub Khabarhub

चीनमा कोरोना प्रकोप – स्वदेशभित्रै संक्रमित हुनेभन्दा विदेशबाट आउने संक्रमित धेरै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा कोरोना भाइरसको दोश्रो लहर देखा पर्न थालेको छ । चीनमा मुलुकभित्रै एक अर्काबाट भन्दा विदेशबाट आउनेहरु कोरोना भाइरसको संक्रमण बढि देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार चीनमा ४६ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको थियो । यीमध्ये एकजना मात्रै मुलुकभित्रै संक्रमित भएको र बाँकी ४५ जना विदेशबाट आएका मानिसहरु रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

यसअघि चार दिनसम्म चीनले कोही पनि मुलुकभित्रै संक्रमित भएका पुष्टि नभएको दाबी गरेको थियो ।

चीनमा हालसम्म कोरोना भाइरसबाट ८१ हजार ३ सय जनाभन्दा धेरै संक्रमित छन् । यीमध्ये ३ हजार २ सय जना संक्रमितको मृत्यु भइसकेको छ भने ७२ हजार भन्दा धेरै निको भइसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ०४ बजे

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु